शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

एमाले सचिव शेरधन राईद्वारा भोजपुरबाट मनोनयन दर्ता

मंगलबार, माघ ६ २०८२

टक्सार, भोजपुर, ६ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राईले मनोनयन दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराउनुभएको छ ।

भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार