बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

“पूर्व–पश्चिम झण्डा मार्च“ सशस्त्र प्रहरीको अभियान टोली कपिलवस्तुमा

बिहिबार, माघ १ २०८२

इमरान खान

कपिलवस्तु : कपिलवस्तुमा २५ औं सशस्त्र प्रहरी दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा संचालन गरिएको “पूर्व–पश्चिम झण्डा मार्च“ कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीको टोली कपिलवस्तु आइपुगेको छ ।

सशस्त्र प्रहरीको टोली बुधवार बिहान कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर ५ स्थित ठकुरापुरमा रहेको सिमा स्तम्भ नम्बर ५७८ /४ मा पुगेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङका गणपति सशस्त्र प्रहरी उपरिक्षक मनोज धितालले स.प्र.बल नेपाल नं.२८ गण हे.क्वा. कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरिक्षक नेत्र के.सी. को टोलीलोई पूर्व पश्चिम झण्डा मार्च बुझ–बुझारथ गरेका थिए ।

सशस्त्र प्रहरीको ३५ जनाको टोलीले कपिलवस्तुका सिमा नाकामा पैदल यात्रा गर्दै झण्डा मार्च सुरु गरेका थिए । टोली सिमानाका कृष्ण्नगर भिल्मी, हरदौना, मर्यादपुर, चाकरचौडा हुदै सुद्धोधन गाउपालिको घेराउजोतमा झण्डा बुझाउने छ ।

सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले पूर्व पश्चिम झण्डा मार्च बिहीवार बिहान घेराउजोतमा सशस्त्रको रुपेन्देही टोलीलाई बुझाउने कार्यक्रम रहेको बताए । गत पुस २० गते देखि पुर्वको ईलाम र सुदुर पश्चिमको गड्डा चौकीबाट सो अभियान सुरु भएको थियो ।

माघ ७ गते पर्सामा अभियान समापन हुने उनले बताए । अभियानको क्रमममा सिमा स्तम्भको अवस्था सहीत सिमाबासीमा सशस्त्र प्रहरीको बिश्वास जगाउन अभियान चलाइएको बताए । उनले सिमा नाकामा टोली पैदल मार्च पास गरी हिडने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार