सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

बुधबार, पुष ३० २०८२

काक्रेविहार, सुर्खेत, ३० पुस : वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले जनाएको छ । उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार