नेपाली कांग्रेस इतिहासको संगिन मोडमा उभिएको छ । हुन त नेपालि कांग्रेस आफैमा लोकत्रान्तिक पार्टी हो । इतिहासलाई निहालेर हेर्ने हो भने जब जब देशमा असहज परिस्थिति सिर्जना हुन्छ, त्यसलाई समालेर अगाडी बढ्ने क्षमता नेपालि कांग्रेसमा छ । यसो हुनुको मुख्य कारण नै कांग्रेसभित्र वहस र छलफल घनिभूत हुन्छ र वदलिदो परिस्थिति र समस्यालाई मोथलेर गरिएको निर्णयले पार्टीलाई समय अनुकुल अगाडि बढ्न मदत गर्दछ र नेपाली जनताको मनभित्र कैद हुन सकेको छ ।
कांग्रेस त्यो हो जसले २००७ सालको सफल आन्दोलनबाट जनतालाई रैतीबाट मुक्त गरेको थियो । यो त्यहि सक्ति हो २०१४ सालको विषेश महाधिवेशन मार्फत नीति, नेतृत्व परिवर्तन गरि २०१५ सालको आम निर्वाचनमा दुइतिहाई मत ल्याएर सरकार गठन गर्न सफल भएको थियो । तत्कालिन अवस्थादेखि चाहे २०३६, २०४२, २०४६, २०६२ सवै आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण अग्रणी भूमिका रहेको छ ।
इतिहासमा पहिलो चोटी होला नेपाली कांग्रेस आफैँ सत्तामा रहेका वेलामा नयाँ जेनेरेसनको आह्वानमा भएको दुइदिने आन्दोलनले देशको राजनैतिक अवस्थामा जवर्जस्ती परिवर्तन गर्दै देश लइ नयाँ अभियानमा उभ्याउन प्रयास गरिएको ब्याख्या गर्नेहरुले यसलाई जसरि व्याख्या गरेपनि देशको आर्थिक विकास र राजनैतिक संस्कारमा परिवर्तन ल्याउनका लागि यस्तो आन्दोलन आवश्यक थियो, भयो ।
तर यस आन्दोलनमा भएको भौतिक संरचनाको क्षति र महत्वपूर्ण दस्तावेज भएको निकायमा भएको आगजनी र आन्दोलनरत युवाहरुमाथि वर्वरतापूर्ण आक्रमण जति निन्दा गरे पनि पूर्ण हुँदैन । भदौ २३ र २४ देश र जनताको लागि असह्य पिडा, चोट र वेदनाको दिन थियो । जेँनजी आन्दोलन, आन्दोलनकारीको रुपमा सफल भएको तर आन्दोलन पछिको व्यवस्थापन असफल जस्तै बनेको वर्तमान परिस्थिति छ ।
देशको विषम् परिस्थिति र बदलिँदो राजनीतिक परिस्थितिमा देशको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनलाइ समय अनुकुल बनाउन र नेपाली काँग्रेसलाई सुदृढ बनाउन पनि नेपालि कांग्रेसले महत्वपूर्ण निर्णय लिनुपर्ने अहिलेको अवस्था हो । यहि आवस्यकतालाई महसुश गरेर देशभर छरिएर रहेका नेपाली कांग्रेसका शुभचिन्तकहरु जुर्मुराउनु स्भाविक हो । गाउँ, टोल नगर हुँदै सहरमा रहेका माहासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पार्टीको परम्परागत शैली र नयाँ जेनेरेसनमा पार्टीप्रतिको घट्दो आकर्षणलार्इ कसरी चिर्ने भनेर कौतुहलता जाग्नु स्वाभाविक हो । विषम अवस्थामा सिंगो पार्टीलाई कसरी नयाँ पिढीमा जोडेर स्थापित गर्न सकिन्छ भनेर देशभर रहेका महाधिवेशन र महासमिति सदस्यहरुबीच छलफल हुनु समय सान्दर्भिक विषय हो ।
यो विषय यस्तो वेलामा उठेको थियो, केन्द्रमा केन्द्रीय महाधिवेशन हुनुपर्ने बेलामा पनि १५ औँ महाधिवेशनवारे वहससम्म हुन नसकिरहेको अवस्थामा पार्टीको तल्लो निकायबाट उठेको आवाज केन्द्रीय समिति भन्दा माथिलो निकाय महाधिवेशन प्रतिनिधिहरु मार्फत नेपाली कांग्रेसको विधान २०१७ र परिमार्जित विधान २०७५ को धारा १७.२ मा व्यवस्था भएअनुसारको ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरले विशेष महाधिवेशन माग गर्न पाउने अधिकार प्रयोग गरि ५४.५ प्रतिशत सदस्यको हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा विधिवत दर्ता गरिएको विषय हो विशेष महाधिवेसन । पार्टीभित्र विशेष महाधिववेशन माग गर्नुको प्रमुख कारण नै संवेदनशील घडीमा र एेतिहासिक घडीमा पार्टीभित्र आन्तरिक एकतालाई मजवुत बनाउन र पार्टी भित्र नवीन उर्जा भर्न जनभावना अनुरूपको नीति निर्माण गर्न विशेष महाधिवेशन वोलाइएको हो ।
पार्टीको विधान र विधानसंवत तरिकाबाट प्रक्रिया पुरागरी विधिवत ढंगले केन्द्रीय कार्यालयमा दर्ता गरिएर विधान अनुरुपकै समयमा गरिन लागिएको विशेष महाधिवेशन असान्दर्भिक र औचित्यहिन भनेर मिडियामा ट्रायल गरिनु जिमेवार व्यक्तित्वहरुका लागि सुहाउने विषय होइन। यस्तो परिस्थितिमा केन्द्रीय समितिको वहुमतको निर्णय यस्तो छ र यो वा उ भनेर जनस्तरवाट उठेको विषयलाई विषयान्तर गर्नुभन्दा जुन प्रतिनिधिको मतदानवाट केन्द्रीय समिति वनेको छ तिनै प्रतिनिधिहरुले बोलाएको विशेष महाधिवेशनमा केन्द्रीय समितिले नै अपनत्व लिएर विशेष महाधिवेशनलाई टुंगोमा पुर्याउनु पर्ने अहिलेको आवस्यकता हो । आदरणीय पार्टी सभापति र कार्यवाहक सभापति लगायत सम्वन्धित पक्षले देश तथा विदेशवाट काठमाण्डौ आएका प्रतिनिधिहरुको भावनालाई सम्मान गर्दै पार्टी हितको पक्षमा यो र त्यो नभनी कार्यक्रममा उपस्थित भएर विशेष महाधिवेशनलार्इ सफल बनाउने मात्रै होइन, पार्टीलाई आन्तरिक रुपमा मजवुत र सुद्रिढ वनाउन महत्वपूर्ण भूमिका खेल्नु हुनेनै छ भन्नेमा हस्ताक्षरकर्ता र विशेष महाधिवेसन भेला हुने सवैको चाहाना छ ।
विशेष महाधिवेशन वर्तमानमा वदलिएको राजनैतिक मार्गमा कांग्रेसलाइ वदलेर अग्रगामी छलाङ्ग मार्दै बदलिएको देशको आर्थिक र सामाजिक परिवर्तन र राजनैतिक स्गायित्व मात्रै नभएर कांग्रेस एउटा राजनैतिक पार्टी मात्रै हैन लोकत्रन्त्र, समवेशीता र राष्ट्रिय एकताको आधारशीला पनि हो । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसको वैचारिक स्पष्टता, संगठानात्मक एकता घोषित निर्वाचनभन्दा अगाडि नै हुनु जरुरि छ । पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित हुँदै जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न कटिबद्ध, प्रतिबद्ध नेता तथा कार्यकर्तालाई वनाएर निर्वाचनमा जानका लागि हो किनकी विगतका निर्वाचनमा यो र त्योको नाममा कांग्रेसमा मतवेदसंगै मन भेद थियो र त्यसलाई चिर्न पनि आवश्यक थियो र आवहान भएको छ । कुनै प्रसंग र कारणमामा पनि कांगेस बलियो बनाउन गरिएको पोजेटिभ अभियानलाइ नेपाली कांग्रेस तोड्न र फोड्नका लागि विशेष महाधिवेशन हो भनि मिडियावाजी गर्नेहरु सवल र सुद्रिढ कांग्रेस भएको देख्न नचाहने तर कांगेस वनेर आफ्नो स्वार्थ सिद्द गर्न चाहने तत्वहरुले चलाएको हल्ला मात्रै हो । यसमा सत्यता छैन ।
कांग्रेस पार्टी भित्रको आन्तरिक लोकतन्त्र स्थापित गर्न र देशमा देखिएको समसामयिक राजनैतिक चुनौतीवारे पनि पार्टीले भित्र वहस हुनु जरुरी थियो र त्यसलाई विशेष महाधिवेशन मार्फत सम्बोधन हुँदै छ । वर्तमान राजनैतिक परिद्रिस्यमा नेता को जोगिन्छ जोगिदैन भन्दा पनि पार्टी जोगिन्छ जोगिदैन भन्ने कुरा महत्वपूर्ण विषय हो । यस महाधिवेशनमार्फत नेपाली काँग्रेसलाई सुदृढ बनाउन, जनभावना अनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वले मात्रै अहिलेको संवेदनशील र एईतिहासिक घडीमा पार्टी भित्र आन्तरिक एकतालाइ मजवुत बनाउन र पार्टीभित्र नवीन उर्जा भर्न जरुरी थियो । यसको लागि नै विशेष महाधिवेशन हो । हामी सवैको साझा प्रयास र सहभागितावाट नेपाली कांग्रेसलाई थप जिमेवार वलियो र जनमुखी वनाउन सकिन्छ । विशेष महाधिवेशन बदलिएको समयको माग हो । विभाजनको खेल होइन । यसले काँग्रेसलाई वादलेर देश वदल्न ऐतिहसिक भूमिका खेल्नका लागि विशेष महाधिवेशन पक्कै सफल हुनेछ । हार्दिक शुभकामना । जयनेपाल !
महासमिति सदस्य, कतार
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij