सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिका–९, सिमदमार क्षेत्रबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, बुधबार बिहान करिब ११ : ३० बजेको समयमा प्रहरी टोलीले सोही ठाउँ बस्ने ३८ वर्षीया धनबहादुर रावतलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट एक थान भरुवा बन्दुक बोकी बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ परेका रावतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको छ ।