बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

अत्यधिक चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

सोमबार, पुष २१ २०८२

पाल्हीनन्दन (नवलपरासी), २१ पुसः अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन् ।

पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताउनुभयो । उहाँले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आउनुभएको छ ।

उहाँका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उहाँको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आउनुभएको छ । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार