बुटवल । आउँदो फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति दाङ क्षेत्र नम्बर–२ बाट नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलको एकल नाम सिफारिस गरिएको छ ।
दाइ–२ को क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पोखरेलको एकल नाम सिफारिस गरिएको एमाले जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए ।
पोखरेल ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ–२ मा नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मासँग हारेका थिए ।
उनी ०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै यो प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।