काठमाडौं । सल्यानमा जन्मिएका पप तथा आधुनिक बिधाका गायक चेतन राईको स्वर, संगीत तथा राष्ट्रप्रेम झल्कने ‘मेरो देश नेपाल’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वउपसचि, भाषा आयोगका सदय तथा साहित्यकार उषा हमाल , त्यसैगरी कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ बिशिष्ट अतिथिका रुपमा थिए । कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ती समाज काठमाडौंका अध्यक्ष, गायक तथा संगीतकार गोविन्द बहादुर आचार्य, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल, सञ्चारकर्मी गीता अधिकारी, एवम् अन्य साहित्यकार, कलाकार, संगीतप्रेमीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
गीत तथा म्यूजिक भिडयोमा नेपाली मौलिक संस्कृति, संवेदना तथा देश प्रेमलाई दृष्य मार्फत सरल तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा चेतन राई, प्रविण पुरी, सागर बस्याल, अनिता पराजुली, समीक्षा पौडेल, रिता अछामी, सुमी लामा लगाय कलाकार चिरायु बिक्रम राईको कलात्मक अभिनय रहेको छ ।
गायक राईको निर्देशन, प्रविण पुरीको सह–निर्देशन, एरेन्ज सविन कार्की, मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी, ड्रोन योगराज विश्वकर्मा, रंग तथा सम्पादन राजन धामी, छायाङ्कन सविन तिमल्सिनाले गरेका छन् । शब्द रचना गीतकार प्रतिष्ठान नेपालका कार्यसमिति सदस्य तथा पत्रकार राजाराम पौडेलको रहेको छ ।