बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सुनसरीमा सशस्त्र प्रहरीको गोलीबाट ज्यान गएको घटनामा छानबिन समिति गठन

बिहिबार, पुष १७ २०८२

काठमाण्डौ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय बासिन्दाको ज्यान गएको घटनाको सत्यरतथ्य पत्ता लगाउन समिति गठन भएको छ ।

पीडितहरूसँगको सहमतिपछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति भएको हो ।

गएराति सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको ज्यान गएको थियो । भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाएको हो ।

सशस्त्र प्रहरीले अवैध रूपमा सामान आयात गर्नेसँग भिडन्त भएको दाबी गरेको छ तर स्थानीय बासिन्दाले शोथपुछका क्रममा गोली हानेको दाबी गरेका छन् । मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार