बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

बर्सेनि १५० मुरीभन्दा बढी धान फलाउँदै मकरबहादुर

बिहिबार, पुष १७ २०८२

पाँचथर, १७ पुसः पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं १ नवमीडाँडाका मकरबहादुर तामाङ फाल्गुनन्द–७ को सिस्ने खेतमा ।
फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई प्रोत्साहन पुरस्कार दिने व्यवस्था गरे बमोजिम नापजाँच गर्दा उहाँले यस वर्ष १५८ मुरी धान फलाउनु भएको छ भने गत वर्ष १७४ मुरी धान फलाउनु भएको थियो ।
मकरबहादुरले अर्काको खेत बन्दकीमा लिएर धान उत्पादन गर्दै आउनुभएको छ । पहाडी भेगमा ठूलो क्षेत्रफलमा खेती लगाउनु कठिन हुने भएपनि यस वर्ष मकरबहादुर जस्तै फाल्गुनन्दका ५८ जना कृषकले ५० मुरीभन्दा बढी धान फलाएका छन् । तस्बिरः रवीन्द्र काफ्ले/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार