बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सुनसरीको लौकहीमा गोली लागेर एक जनाको मृत्यु

बिहिबार, पुष १७ २०८२

इनरुवा, सुनसरी, १७ पुसः कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो ।

उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार