नेपाली जनसम्पर्क समिति, यूएईको ५औँ महाधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण राज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको नेपाली जनसम्पर्क समिति, यूएईको ५औँ महाधिवेशनमा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एबं नेपाली जनसम्पर्क समितिका प्रमुख सल्लाहकार मनोज कुमार श्रेष्ठ गोर्खाली विशिष्ट अतिथि थिए ।

अन्य विशिष्ठ अतिथिहरुमा एनआरएन, आईसीसीका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, आइसिसी सदस्य एबं नेपाली जनसम्पर्क समितिका प्रमुख संरक्षक खेम राज बस्नेत, आइसिसी सदस्य एबं नेपाली जनसम्पर्क समिति, यूएईका उप सभापति दीपक खड्का, आइसिसी सदस्य पुष्कर सापकोटा, नेपाल एसोसिएसन एनआरएनए, एनसीसी यूएई का अध्यक्ष भीम मल्ल ठकुरी, पूर्व अध्यक्ष एबं मध्यपूर्व युवा उपाध्यक्ष विकास शाही, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान यूएईका अध्यक्ष नरेन सापकोटा, प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, जनप्रगतिशील मंच एसिया क्षेत्र का कोषाध्यक्ष बाबुराम विश्वकर्मा, जनप्रगतिशील मञ्च, यूएई का अध्यक्ष लक्ष्मण खनाल, प्रवासी नेपाली एकता मञ्च यूएईका अध्यक्ष विपिन सापकोटा, प्रबासी नेपाली सम्पर्क विभाग, यूएईका अध्यक्ष सुजन थापा, नेपाल रेमिट्यान्स एसोसिएशन यूएईका अध्यक्ष प्रकाश पौडेल, विभिन्न सामाजिक संघ संस्था, वैचारिक संघ संस्थाका प्रतिनिधिहरु, लगायत नेपाली कांग्रेस प्रति निष्ठावान कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस एक मात्र विकल्प हो भन्दै पार्टी प्रवेश गर्ने युवाहरु लाई प्रमुख अतिथि एबं विशिष्ठ अतिथिहरु ले खादा, माला अनि अबिर लगाएर स्वागत गरे ।
नयाँ कार्यसमिति चयन गर्नका लागि केन्द्रबाट अधिवक्ता आरजु दाहाललाई प्रतिनिधि तोकिएको थियो । भने निर्वाचन समितिको कार्यभार प्रमुख संरक्षक खेमराज बस्नेतले सम्हालेका थिए ।
महाधिवेशनमा बिभिन्न बैचारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले सम्वोधन गर्दे कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेभने नयाँ बनेको कार्यसमितिका पदाधिकारीहरुलाई सफल कार्यकालका निम्ति शुभकामना समेत दिए ।

बिशिष्ठ अतिथीको आशनबाट बोल्दै गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एबं नेपाली जनसम्पर्क समितिका, यूएई प्रमुख सल्लाहकार, नेपाली कांग्रेस महासमिति सदस्य मनोज कुमार श्रेष्ठ गोर्खालीले नेपाली जनसम्पर्क समितिका, यूएई स्थापना भएयता गरिएका प्रमुख कार्यहरुको स्मरण गरे ।
प्रमुख अतिथीको आशनबाट बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण राज पौडेलले नेपाली कांग्रेसको इतिहासमा त्याग गर्ने र निष्ठावान नेताहरुले नेतृत्व गरेको कुरामा जोड दिदै देशलाई निकाश दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको कुरा स्पष्ट पारे । पौडेलले नयाँ बनेको कार्यसमितिका पदाधिकारीहरुलाई सफल कार्यकालका निम्ति शुभकामना समेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेस पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले महाधिवेशन सफल होस भनी पठाएको संदेश पनि वाचन गरिएको थियो ।

सभापतिमा भुवानीप्रसाद तिमिल्सिना, बरिष्ठ उपसभापति अमर बहादुर रानाभाट, उपसभापतिहरु कृष्ण प्रसाद गौतम, मणिप्रसाद भुर्तेल, चिरन आचार्य, महामन्त्रीद्धय तुल्सीराम भुषाल, प्रताप सिंह तामाङ, सहमहामन्त्रीद्धय सोमन थापा र डम्बरराज जोशी लगायत ४१ सदस्यीय कार्यसमिति बनेको बताइएको छ । यसैगरी दुबई क्षेत्र, अबुधावी क्षेत्र, अजमान क्षेत्र, सारजहा क्षेत्र, रस अल खेमाह क्षेत्र, फुजेरा क्षेत्रका क्षेत्रीय समितिहरुको गठन समेत गरेको व्यहोरा प्रस्तुत गरिएको थियो ।

युएईबाट नेपाली कांग्रेसको महाधिवेशनका लागी १४ सदस्यहरु महाधिवेशन प्रनितिधिहरु चुनिए भने ६ जना महासमिति सदस्यहरु चुनिए । महाधिवेशन प्रतिनिधिहरुमा भुवानी प्रसाद तिमिल्सिना, खेमराज बस्नेत, मनोज कुमार श्रेष्ठ, रमेश श्रेष्ठ, कृष्ण गौतम, विकास शाही, राजेन्द्र अधिकारी, अम्बर राणाभाट, दीपक खड्का, हरि खड्का, तुल्सीराम भुषाल, प्रताप तामाङ, मणि प्रसाद भुर्तेल र डम्बर राज जोशी रहेका छन ।
कार्यक्रमको सञ्चालन तुल्सीराम भुषालले गरेका थिए ।


