बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

शुक्रबार, पुष ११ २०८२

देवदह, रुपन्देही, ११ पुसः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।

नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिनुभयो ।

त्यस्तै समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा हकिकुल्ला खाँ, सोनिया यादव, जयबहादुर सुनार, आशाकुमारी चौधरी, डा ऋषिराम पाण्डे, धनबहादुर गुरुङ, डिल्लीराम भट्टराई र टीकाराम श्रेष्ठ हुनुहुन्छ । विसं २०७९ मा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार