शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

कपिलवस्तुमा अभौतिक मुद्रा कारोबार गर्ने दुई भारतीय पक्राउ

बिहिबार, पुष १० २०८२

इमरान खान

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर २ बसपार्क स्थितमा रहेको हम्बल होटलबाट अभौतिक मुद्रा कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अभौतिक मुद्रा सम्बन्धी कारोबार गरि राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट प्रहरी निरीक्षक इश्वर लौडारी समेतको  टोलीले खानतलासी गर्दा भारत महाराष्ट्र मलाड ईस्ट कुलार भिलेज पिपरी पाडाचौल बस्ने २१ बर्षीय सहिल सुनिल सिंह रभारत उत्तर प्रदेश लखनउ मणीगाँउ २४ वर्षका उज्ज्वल सिंहको साथबाट अभौतिक मुद्रा सम्बन्धि कसुरमा प्रमाण लाग्ने सबुद प्रमाणसहित पक्राउ गरिएको हो ।

उनीहरुबाट बिभिन्न कम्पनीका मोबाइल थान ४ समेत फेला परेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट ५ दिन म्याद थप थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार