बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

मोटरसाइकल दुर्घटनामा परेर क्रिकेट खेलाडी मिनष थापाको निधन

बिहिबार, पुष १० २०८२

काठमाण्डौ । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेट खेलाडी मिनष थापाको ज्यान गएको छ । आज बिहान मोरङको विराटनगर महानगरपालिका ४ मा २७ वर्षीय थापाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।

थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउँदै गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनले विराटनगरबाट पोखरा प्रिमियर लिगसँगै कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिग खेलेका छन् । थापाको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक ‘कुशल तथा अत्यन्त प्रतिभाशाली’ खेलाडीको रूपमा स्मरण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार