भोजपुर । नेकपा (एमाले)ले भोजपुरबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि ४ जना सिफारिस गरेको छ ।
सिफारिस गरिएका नेताहरूमा साल्पासिलिछो गाउँपालिकाका पर्शुराम अधिकारी, षडानन्द नगरपालिकाका पासाङदोर्ची शेर्पा, हतुवागढी गाउँपालिकाका ईश्वरमान राई र भोजपुर नगरपालिकाका गणेश श्रेष्ठ छन् ।
अध्यक्ष मकर खड्काले उनीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरी पठाएका हुन् ।