इमरान खान
कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायाँदेवी गाउँपालिका वडा नम्बर १ बर्रोहियामा मंगलबार राति दुई बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तौलिहबाट भैरहवस तर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आइरहेको लु प्र ०१ ड्यास ००१ ख नम्बरको ट्रकले टक्कर दिँदा मोटरसाइकल चालक मायाँदेवी गाउँपालिका वडा नम्बर ६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ ।
ओसामाको कपिलवस्तु अस्पतालमा उपचारका लागि ल्याउने क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।