शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

विराटनगरका दुई क्यासिनोबाट २० जना पक्राउ

सोमबार, पुष ७ २०८२

विराटनगर । मोरङको विराटनगरस्थित दुई क्यासिनोमा आइतबार मध्यराति छापा मारेर प्रहरीले २० नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापक समेत छन् ।

देशमा नेपालीलाई क्यासिनोमा प्रवेश निषेध छ । तर, लामो समयदेखि लुकीछिपी जुवा खेलाइएको विशेष सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटुवालका अनुसार, विराटनगरस्थित बिग होटेलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटेलको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारिएको थियो ।

राति करिब ११ बजे गरिएको कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोनका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन् । रत्ना होटेलको क्यासिनोबाट १४ र बिग होटेलको क्यासिनोबाट ६ गरी कुल २० नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एसपी कटुवालका अनुसार, छापा मार्दा क्यासिनोभित्र नेपाली निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार