शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

सङ्खुवासभाको मैदानेमा आगलागीमा परी वृद्धको मृत्यु

आइतबार, मंसिर २८ २०८२

किमाथाङ्का, सङ्खुवासभा, २८ मङ्सिरः चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो ।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार