शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

शुक्रबार, मंसिर २६ २०८२

चितवन, २६ मङ्सिरः नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिमा नामसमावेश भएकाहरुलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ । पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो । दोस्रो संविधानसभा निर्वाचन विसं २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट सङ्घ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उहाँले बताउनुभयो ।

यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने हुनुभएको छ । तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार