डोटी। नेपाली काँग्रेसका समाजसेवी र सक्रिय राजनीतिक नेता जितेन्द्र विक्रम शाही डोटी जिल्लाबाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवारको रूपमा सिफारिस भएका छन्। पार्टीले डोटीबाट प्रत्यक्षतर्फ सिफारिस गरेका ७ जनामध्ये शाहीको पल्ला सबैभन्दा बलियो मानिएको छ।
नर्वेमा रहेर पनि आफ्नो जन्मभुमि र देशप्रतिको प्रेम कायम राख्दै शाहीले विभिन्न सामाजिक, शिक्षा तथा स्वास्थ्य कार्यक्रमहरूमा ठूलो योगदान पुर्याएका छन्। विशेषगरी जन्मभूमिमा समस्या परेका बेला उनले ठूलो सहयोग र पहल गरेर स्थानीय समुदायको जीवनस्तर सुधारमा सक्रिय भूमिका खेलेका छन्।

उनको राजनीतिक यात्रा नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको त्रिचन्द्र क्याम्पस एकाई, त्रिवि किर्तिपुर नेविसंघ एकाई, र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद दिपायल शाखामा अध्यक्षको रूपमा सुरु भएको हो। वर्तमानमा उनी नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका तीन कार्यकाल सभापति तथा १४औं र १५औं अधिवेशनमा महासमिति सदस्यको जिम्मेवारी बहन गरिरहेका छन्।
शाहीको सशक्त नेतृत्व, समाजसेवी दृष्टिकोण र देशप्रतिको समर्पणलाई ध्यानमा राख्दै पार्टीले उनलाई डोटीबाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवारको रूपमा सिफारिस गरेको हो।