सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति पदमा उम्मेदवारी दिने

बुधबार, मंसिर २४ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेखेर उनले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘साथीहरूको जिज्ञासा मेरो धारणा। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता भण्डारीले लेखेका छन्।

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार अघि बढ्न तयार रहेको उनले बताएका छन्। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने धारणा पनि राखेका छन् ।

१४औँ महाधिवेशनमा भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार