आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दोस्रो एभरेष्ट भेट्रान कप फुटबल सुरु

मंगलबार, मंसिर २३ २०८२

बेलबारी, मोरङ २३ मङ्सिरः मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लबको पहिलो विजयी भएको हो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित दोस्रो एभे्रस्ट भेट्रान कप सोमबारदेखि सुरु भएको हो । एभे्रस्ट भेट्रान मोरङको आयोजनामा प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा प्रतियोगिता सुरु गरिएको छ ।

उद्घाटन खेल चन्द्रगढी भेट्रान क्लब र युनाइटेड भेट्रान क्लबबीच भएको खेलमा युनाइटेड विजयी भएको आयोजकले जनाएको छ । खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसकोलगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई बलियो बनाए ।

खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए । खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई खेलमा फर्किन खोजे पनि त्यहीँबाट खेलको गति फेरि युनाइटेडतर्फ मोडियो ।

दोस्रो हाफको ११औँ मिनेटमा युनाइटेडका खवासले आफ्नो तेस्रो अर्थात् ह्याट्रिक गोल गर्दै टिमको जीत पक्का गरे । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् । उक्त प्रतियोगितामा प्रदेशभरिका १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार