मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै

मंगलबार, मंसिर २३ २०८२

जुम्ला, २३ मङ्सिरः जिल्ल सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ ।

यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाको सहयोगमा यही मङ्सिर २७ गते कृषि जैविक विविधता तथा खाद्यपरिकार प्रदर्शनी मेला सञ्चालन हुने भएको हो ।

चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनी मेलामा किसान, कृषि उपभोक्ताले उत्पादन गरेको रैथाने परिकारको अवलोकन गर्न सकिनेछ ।

मेलामार्फत जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनःजीवन हुने विश्वास लिइएको प्रशासकीय अधिकृत बुढथापाले बताउनुभयो ।

सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले मेलाले जनचेतनामा ठूलो योगदान पु¥याउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले विश्वास व्यक्त गर्नुभयो ।

यहाँको कृषि सम्भावना, परम्परागत प्रजाति संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

किसानका नवीन उत्पादन, मौलिक बीउबिजन तथा स्थानीय खाद्य परिकार एकै ठाउँमा प्रदर्शन गरिनुले जिल्लाको कृषि पहिचान मजबुत बनाउने अवसर भएको नगरपालिकको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार