शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न विराट ट्रेड एक्स्पो

सोमबार, मंसिर २२ २०८२

मोरङ, २२ मङ्सिरः कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज यहाँ आयोजित पत्रकार जानकारी दिइयो ।

विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक आगामी पुस ९ देखि १९ गतेसम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार सङ्घले जानकारी दिएको छ । एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुसार एक्सपोमा २३० वटा स्टलहरु रहनेछन् भने अहिलेसम्म २६ वटा स्टल विदेशीहरुले बुक गरिसकेका छन् ।

एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताउनुभयो । एक्स्पो आयोजनाका लागि रु दुई करोड ५० लाख खर्च हुने र करिब रु ४० करोडको कारोबार हुने बताइएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिनुभयो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार