कञ्चनपुर, २१ मङ्सिरः कृष्णपुर नगरपालिका–७ का स्थानीय बासिन्दाको खेतबारीमा रहेको आँपको रुखमा शिकारको प्रतिक्षामा शान्त रुपमा बसेको डुन्डुल ‘उल्लु’ ।
अङ्ग्रेजीमा ‘जङ्गल औलेट’ का नामले चिनिने डुन्डुल नेपालका तराई र चुरे जङ्गलमा पाइन्छ । साना कीरा र छेपारो मुख्य भोजन गर्ने जङ्गल औलेट दिनमा पनि सक्रिय रहने गर्दछ । रुखको हाँगामा चुपचाप बसेर शिकारमा झम्टा हान्ने यसको बानी निकै रोचक छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस