शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

आइतबार, मंसिर २१ २०८२

दशरथचन्द, बैतडी, २१ मङ्सिरः दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार