ओटावा, २० मङ्सिर । क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०।३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ ।
मासिक विवरण अनुसार, रोजगार दर ०।१ प्रतिशत बिन्दुले बढेर ६०।९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०।४ प्रतिशत बिन्दुले घटेर ६।५ प्रतिशतमा आएको छ ।
स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा र प्राकृतिक स्रोत क्षेत्रहरूमा रोजगारी वृद्धि देखिएको छ । तर थोक तथा खुद्रा व्यापार सेक्टरमा भने रोजगार घटेको उल्लेख गरिएको छ ।
नोभेम्बरमा ७३।६ प्रतिशत कर्मचारीले आफ्नो रोजगारी सुरक्षित रहेको महसुस गरेका थिए, तर यो अनुपात नोभेम्बर सन् २०२३ को तुलनामा ४।१ प्रतिशत बिन्दुले कम रहेको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ ।