आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

शुक्रबार, मंसिर १९ २०८२

दशरथचन्द (बैतडी), १९ मङ्सिरः जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उहाँ सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार