सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

बिहिबार, मंसिर १८ २०८२

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छन् । शुक्रबार (भोलि) अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार