बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

बाजुरामा सात मतदानस्थल थपिए

बिहिबार, मंसिर १८ २०८२

बाजुरा, १८ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय जुकुमा नयाँ मतदानस्थल कायम गरिएको बताउनुभयो ।

यसैगरी, बूढीनन्दा नगरपालिका–३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, हिमाली गाउँपालिका–१ मा सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर ५ कुलामष्टाजन आधारभूत विद्यालयक्यिुरी र वडा नम्बर ६ खोलीकोट आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गरिएको छ ।

चार गाउँपालिका र पाँच नगरपालिका रहेको बाजुरामा मतदाता सङ्ख्या ८६ हजार ५५७ पुगेको छ । यी मध्ये एक हजार ५१६ जना हालसालै थपिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार