मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

हुम्लाबाट एमालेको सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

बुधबार, मंसिर १७ २०८२

अदानचुली, हुम्ला, १७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन हुनुभएको हो ।

जिल्लाबाट थप एक जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार