शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

नवलपरासीमा ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु

बुधबार, मंसिर १० २०८२

त्रिवेणी, नवलपरासी, १० मङ्सिरः जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो ।

घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार