सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यो सहरमा फुपूको पसलमा मामा ग्राहक बनेर आउँछ, व्यापार चाहिँ कसैको जवानीको भइरहेको छ

सोमबार, मंसिर ८ २०८२

डि.बि.पराजुली

यो सहरलाई हरेक मानिसहरुले अवसर, सम्भावनाको सहरको रूपमा देखेर यहाँ प्रवेश गरेका हुन्छन् । कोहि योजनाबद्ध प्रवेश गरेका हुन्छन् भने कोहि भाग्य भरोसामा यहाँ प्रवेश गरेका हुन्छन् ।

त्यस्तै एउटा रहर बोकेर सहर पसेका मध्य त्रीपक्षिय रोचक कहानी लेख्ने प्रयास गरेको छु । यो कपोकल्पित कहानी चैं होईन, सत्य र खोजको आधारमा तयार पारिएको सामाग्री हो ।

मेरो खोज काठमाडौंको गोंगबु चोकदेखि बालाजु चोकसम्म र त्यसका आसपास क्षेत्रमा भएको हो । त्यस क्षेत्रमा रहेका हजारौं चिया पसलदेखि रक्सि भट्टी हरुको व्यापार गर्ने आ—आफ्नै तरिकाहरु रहेछन् । त्यो मध्यको रोचक तरिका भनेको फुपूको पसलमा ,मामा ग्राहक अनि जवानीको व्यापार हो ।

(नाम परिवर्तन गरिएकी) सुन्तली एउटा गाउँ मा जन्मिएकी साधारण केटी ९ कक्षा पढ्दा पढ्दै त्यही गाउँको आफू भन्दा अलि बढी उमेर भएको केटासंग भागेर बिबाह गर्छे । बिबाह गरेको ३—४ बर्षमै २ वटा बच्चाको आमा बनिसकेकी हुन्छे ।

शुरु शुरुमा निकै माया गर्ने श्रीमान बच्चा जन्माएपछी उसलाई बिस्तारै वास्ता गर्न छोड्छ । उमेरै नपुगी बच्चा जन्माएकी उसलाई बिस्तारै जवानिले छोएको हुन्छ तर उसको श्रीमान त्यतिबेला सम्म उ संग तृप्त भई सकेको हुन्छ । त्यति मात्र होईन उसको श्रीमानलाई पारिवारिक भार समेत थपिएको हुन्छ ।

आफ्नै खुसीले बिबाह गरेको हुनाले दुवै जनाले पारिवारिक सपोर्ट राम्रो संग पाएका हुदैनन् । यसको असर त्यो श्रीमानमा प्रत्यक्ष परेको हुन्छ ।
यी संपुर्ण बोझलाई थाम्न उसले बिदेश जाने मनसाय बनाउँछ । यता भर्खर भर्खर जवानिको रस पसेकी सुन्तली लाई भने आफ्नो श्रीमान लाई बिदेश पठाउने पटक्कै रहर हुदैन ।

घरको प्रेसर र व्यबहार चलाउन त्यो केटा संग बिदेश जानू बाहेकको अन्य बिकल्प पनि हुदैन । गाउँमा ऋण खोजेर केटो अरब जान्छ ।
यहाँ भनेजती तलब र भनेजस्तो काम त्यहाँ नपाए पछि केटोले घरमा पैसा पठाउन सक्दैन । ऋण दिने मान्छे दिनहुँ जसो घरमा आएर कच कच गर्न थाल्छ । यसरी मान्छे दिनहुँ घरमा आउन थालेपछि सासू ससुरा र बुहारी बिच मनमुटाव र भनाभन सुरु हुन्छ । सासुले मेरो छोरालाई बिगार्ने तँ होस भन्दै सुन्तलीलाई तथानाम गाली गलौज गर्छिन ससुराले त्यसलाई सपोर्ट गरि रहन्छन् ।

अति भएपछि सुन्तली त्यो घरमा बस्न नसक्ने अवस्थामा पुग्छिन् । सुन्तलीले यो सबै कुरा आफ्नो श्रीमान लाई भन्छिन् तर केटो आफ्ना बुबा आमाको बिरुद्धमा जान सक्दैन । बरु श्रीमती लाई तँलाई जे मन लाग्छ गर भन्छ ।

सुन्तली गम्भीर भएर सोच्न बाध्य हुन्छिन् । छोरिमान्छेले अन्तिममा सम्झने भनेको माईतीनै हो । सुन्तलीले पनि माईतीमा फोन गरेर सबै कुरा आमालाई भन्छिन् । आमाले बालाई भन्छिन् ,रोगले थलिएका बालाई आफ्नो सन्तान प्रतिको करुणा भाव किन मर्थ्यो र जे भएनी होस् भनेर घरमा बोलाउन सहमति दिन्छन् ।

अन्ततः सुन्तली अलि अलि आफ्नो लुगा फाटो बोकेर २ वटा बच्चालाई च्यापेर आफ्नो माईती पुग्छिन् ।

माईतीमा पाएको आमाको प्यार र बुबाको स्नेहले सुन्तली लाई केही राहत महसुस हुन्छ तर त्यो लामो समय टिक्न सक्दैन ।

उता बिदेश रहेको श्रीमानलाई सासू ससुराले भए नभएको कुरा लागाउन भ्याएका हुन्छन् । त्यस पछि त कहिलेकाही यसो फोन गरेर बच्चाहरुको हाल खबर सोध्ने श्रीमान बोल्नै छोड्छन् ।

बिदेशबाट आउने अलिअलि पैसा पनि नाअएपछी सुन्तलीलाई २ जना बच्चालाई पढाउन र हुर्काउन सारै कठिन हुन्छ ।

माईती बस्दै गर्दा सुन्तलीले फेसवुक र टिकटक मार्फत (नाम परिवर्तित) माया भन्ने केटिलाई साथी बनाएर कुराकानी गर्न थालेकी हुन्छिन् ।

कुराकानिकै क्रममा मायाले आफू फुपुको अफिसमा काम गर्ने गरेको र राम्रै कमाई हुने बताउँछिन् ।

निकै अफ्ठ्यारो अवस्थामा,रहेकी सुन्तलीले मायालाई आफूलाई पनि जागिर खोजिदिन आग्रह गर्छिन्।

मायाले सुन्तली लाई काठमाडौं आउनु म काम मिलाउछु भनेर आश्वासन दिन्छिन् ।

सुन्तली आत्तिएकी हुन्छिन्, के काम कसो काम केही नसोची र केही नसोधी २ वटा बच्चा आमालाई हेर्ने जिम्मा लागएर यो सपनाको सहरमा सम्भावनाको खोजी गर्दै हरेक चुनौतीपूर्ण समयको सामना गर्न तयार भएर नाईट गाडीको टिकट काटेर काठमाडौं आईपुग्छिन् ।

काठमाडौंमा सुन्तली र मायाको भेट हुन्छ । केही बर्ष देखि यहीँ बसेर भुक्तभोगी भएकी मायाले सुन्तलीको मनोभावना अध्ययन गर्न खासै समय नै लागेन ।

काठमाडौं आएको भोलिपल्ट बाटै सुन्तली काममा लागिहाली । पहिलो कुरा त सुन्तली लाई यहाँ खाने बस्ने व्यबस्था मिलाउनु थियो । त्यो मायाले मिलाएकी थिईन्, त्यही भएर सेवा सुबिधा र तलब बारे केही कुरा नै नगरी सुन्तली फुपुको पसलमा जान थालिन्

काम सजिलो थियो , फुपुको पसलमा आउने ग्राहक हरु संग बसेर खाजा ,रक्सी ,हुक्का खानु पर्ने ।

माया बाठी थिई केटीहरुलाई शुरु शुरुमा नयाँ-नयाँ कसरी कामामा पोख्त बनाउने उसलाई राम्रोसंग थाहा थियो ।

सुन्तली सोझी थिइन्, कुनै ग्राहकले सुन्तली लाई अलि खराव नियतले व्यबहार गर्न खोज्दा मायाले तुरुन्तै प्रतिकार गरझै ररेर कभर गरिहाल्थी किनकी उसले सुन्तलीको बिश्वास जित्नु थियो ।

सुन्तलीले पनि यो बिरानो सहरमा मायालाई भेट्टाउँदा भगवान भेट्टाए झैं सोचेकी थिइन्। मायाले पनि आफ्नै परिवारको सदस्य झैं सुन्तलीलाई माया गरेझैं गर्थिन् । घरमा बच्चालाई के कस्तो छ भनेर सोध्ने, अलि अलि खर्चहरु पठाईदिने गर्थिन्। माया र सुन्तली बीचमा प्रगाढ सम्बन्ध बिस्तार भएको थियो ।

सुन्तली दंग थिई, खान पनि पाईने पैसा पनि पाईने । ग्राहकसंग बसेर खाएको खानेकुराहरुको कमिसन फुपुले बेलुका घरजाने बेलामा हिसाब गरेर दिन्थिन् ।

नियमित ५०० देखि १००० सम्म कमाई हुन्थ्यो । त्यहि पैसा जम्मा गरेर सुन्तलीले माईतमा रहेको आफ्नो बच्चाहरूलाई हेरचाह गर्न सकेकी थिइन् ।

बेलुका प्राय कोठामा सुन्तली एक्लै हुन्थिन्, माया कहिले कस्को बर्थडे भनेर कैले के बहाना बनाएर बाहिर निस्कन्थिन् । यो बिषयमा सुन्तलीले निकै गम्भीर भएर सोच्थिन् तर कुरा गर्न डराउँथिन् । किनकी उनी मायाकै कोठामा बसेकी थिईन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार