शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रास्वपा काठमाडौँका सभापति प्रदिप विष्टले पार्टी छाडे

आइतबार, मंसिर ७ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँका सभापति प्रदिप विष्टले पार्टी छोडेका छन् । उनले बागमती प्रदेश समितिलाई लिखित राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर जानकारीसमेत गराएको बुझिएको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ- १० बाट उम्मेदवार बनेका उनले ८ हजार ७३९ मत ल्याएका थिए ।

पछिल्लो समय नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्ट रहेका उनले आगामी राजनीतिबारे भने केही खुलाएका छैनन् । उनको राजीनामा प्रदेश समितिले स्वीकृत गर्न बाँकी रहेको बताइन्छ ।

जेनजी आन्दोलनपछि रास्वपाका प्रभावशाली नेताहरूले धमाधम पार्टी छोडिरहेका छन् । कात्तिक २८ गते नेता सन्तोष परियार रास्वपाबाट बाहिरिएका थिए भने त्यसअघि सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार