शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

आइतबार, कार्तिक ३० २०८२

तुलसीपुर , दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार