बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

आइतबार, कार्तिक ३० २०८२

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

जिल्लाको आलिताल गाउँपालिका– ८ गोदाम बजारबाट सोही गाउँपालिकाको वडा नम्बर ५ बाहिरीसैनतर्फ जाँदै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । बाहिरीसैनका २७ वर्षीय भरत रावतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यस्तै, दुर्घटनामा सोही ठाउँका १९ वर्षीय पवन विक, २५ वर्षीय तिलक चोखाल र ४ वर्षका सन्तोष रोका घाइते भएका छन् । विक र चोखालको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ भने रोकालाई उपचारका लागि धनगढी पठाइएको छ ।

ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार