आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

इलामाबाट पाँचथर आउँदै गरेको ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, चालक फरार

आइतबार, कार्तिक ३० २०८२

फिदिम । नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदै एक जनाको घटनास्थमै मृत्यु भएको छ ।

फिदिम नगरपालिका वडा नम्बर १४ लुङरुपा निवासी पञ्चे राईको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साथै अन्य दुईजना घाइते भएका छन् ।

इलामको सन्दकपुर गाउँपालिकादेखि हाते कागज बनाउने लोक्ता बोकेर पाँचथर आँउदै गरेको ट्याक्टर सिमावर्ती गोरुवालेस्थित सडकबाट खोँचमा खसेर दुर्घटना भएको हो ।

दुर्घटना पश्चात ट्याक्टरका चालक फरार भएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

शनिबार राति प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार