सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हङकङ हुँदै ‘ट्रान्जिट’ यात्रामा नेपालीलाई अब ‘ट्रान्जिट भिसा’ आवश्यक नपर्ने

शुक्रबार, कार्तिक २८ २०८२

हङकङ । हङकङ सरकारले आगामी १५ नोभेम्बर २०२५ देखि लागू हुने नयाँ व्यवस्था अनुसार, हङकङ हुँदै अन्तर्राष्ट्रिय गन्तव्यतर्फ यात्रा गर्ने नेपाली नागरिकलाई ट्रान्जिट भिसा लिनु नपर्ने व्यवस्था गरेको छ। हङकङस्थित नेपाली महावाणिज्य दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निर्णयले नेपाली यात्रुहरूलाई सहज यात्रा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

महावाणिज्य दूतावासका अनुसार, सन् २००५ जुनपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्ने यात्रुलाई अनिवार्य ट्रान्जिट भिसा लिनुपर्ने नियम हङकङ सरकारले अब खारेज गरेको हो। नयाँ व्यवस्थापछि अन्य मुलुक हुँदै हङकङ आएर अर्को मुलुकतर्फ उडान गर्ने नेपाली नागरिकले विमानस्थलबाट बाहिर ननिस्कने सम्झनाका साथ निःशुल्क रूपमा ट्रान्जिट गर्न सक्ने दूतावासले जनाएको छ।

दूतावासले हङकङ सरकारको यो निर्णयले नेपाली यात्रुहरूलाई अन्तर्राष्ट्रिय यात्रामा थप सहजता र प्रोत्साहन प्रदान गर्ने उल्लेख गरेको छ। साथै, नेपालको सरकारी संयन्त्रले हङकङ सरकारसँग निरन्तर कूटनीतिक संवाद गर्दै आएको र त्यसको सकारात्मक फलस्वरूप यो व्यवस्था कार्यान्वयनमा आएको दूतावासले जानकारी दिएको छ।

नेपाली महावाणिज्य दूतावास, हङकङले हङकङ सरकारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि दुबै देशबीचको आपसी सहयोग र समझदारी अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार