शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सामान्य अंकले बढ्यो सेयर बजार

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक
२०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको थियो। यसदिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। बुधबार ३ अर्ब ८४ करोड मूल्य बराबरको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको कारोबार भएको छ।

३२९ स्क्रिप्सको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माबिलुङ्ग इनर्जी,स्वेत गंगा हाइड्रोपावर, सागर डिष्टिलिरी र बुंगल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार