शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेवानिको महाप्रबन्धकको लागि दरखास्त खुल्यो

बिहिबार, कार्तिक २७ २०८२

नेपाल वायु सेवा निगमको महाप्रबन्धकको लागि दरखास्त आह्वान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको म्याद राखेर आज दरखास्त आह्वान गरेको हो ।

‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

मन्त्रालयले www.tourism.gov.np मा गएर आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरणबारे जानकारी लिन भनेको छ ।

केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिव हरिप्रसाद मैनालीलाई बोलाएर यस विषयमा स्पष्टीकरण सोधेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार