मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गर्नुभएको छ ।
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गर्नुभएको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा ९१० बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागु हुने सो पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज आयोजित एक समारोहमा उहाँले खड्कालाई नियुक्तिपत्र प्रदान गर्नुभएको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।