शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने पहिलो खेलाडी बने रोहित पौडेल

बुधबार, कार्तिक १९ २०८२

काठमाण्डौ । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा दुई हजार रन पूरा गरेका छन् । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दरई हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत संयुक्त अरब इमिरेट्स ९यूएई० सँगको खेलका क्रममा २ रन जोड्दै रोहितले यो उपलब्धि हासिल गरेका हुन् । रोहितले एकदिवसीयमा ७६ खेलमा २ शतक र ११ अर्धशतकसहित २ हजार रन पूरा गरेका हुन् ।

२३ वर्षीय रोहित एकदिवसीयमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । रोहितपछि दोस्रो स्थानमा रहेका आसिफ शेखले १ हजार ६ सय ७७ र तेस्रो स्थानमा रहेका कुशल भुर्तेलले १ हजार ४ सय ५४ रन बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार