निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो।
भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौँ ल्याइन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीप्रसाद आचार्यले जनाएका छन्
उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप छ।
हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए ।
भुसालले शनिबार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए ।