शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः उही घेरामा फर्किँदै गएका छन् : हरिवोल गजुरेल

सोमबार, कार्तिक १७ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वकृषिमन्त्री हरिवोल गजुरेलले विगतमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोष दिएर नयाँ बाटोमा लागेकाहरू पुरानै बाटोमा फर्किन लागेको बताएका छन् ।

गजुरेलले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले भने, ‘माओवादी पार्टी पटकपटक विभाजनको सिकार बन्यो । तर, ती विभाजनहरू विचारगत कारणले होइन, व्यक्तिगत महत्वाकांक्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका परिणाम हुन् । यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन् ।’

यस सिलसिलामा विभाजनको प्रक्रिया दोहोरिनु विडम्बनापूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार