काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका दुईजनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
आइतबार सैनिक मुख्यालय जंगीअड्डामा एक कार्यक्रम आयोजना गरी प्रधानसेनापतिले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उपरथीमा पदोन्नति भएका सहायक रथीद्वय हिम्मतबहादुर बिष्ट र विष्णुकुमार खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।
