शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कराते स्टार एरिका सम्मानित

आइतबार, कार्तिक १६ २०८२

काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुखप्रशिक्षक निरज महर्जनले एरिकालाई शनिबार सम्मान गरेका हुन् ।

मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार