शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या, आईसीयूमा राखेर उपचार

शनिबार, कार्तिक १५ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलासिसमा छन् ।

उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । केही समय उनले वन तथा वातावरण र श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार