शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भाषण गर्दागर्दै ढलेका जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन

बिहिबार, कार्तिक १३ २०८२

रुपन्देही । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याईएकोमा त्यहाँ उनको मृत्यु भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले जानकारी दिए ।

धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार