आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना, चालकको अवस्था सामान्य

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।

अल्टिच्युड एयरको हेलिकोप्टर आज दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको बताइएको छ ।

“रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ ।” दुर्घटना बिहान ७ः५० बजेतिर भएको थियो ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार